शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज सहमति गरेर भोलिदेखि शिक्षकहरु विद्यालय फर्किनुहुन्छ - सत्ता गठबन्धन

आज सहमति गरेर भोलिदेखि शिक्षकहरु विद्यालय फर्किनुहुन्छ - सत्ता गठबन्धन

युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सुझाव

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • आज सहमति गरेर भोलिदेखि शिक्षकहरु विद्यालय फर्किनुहुन्छ - सत्ता गठबन्धन

    सत्ता साझेदार दलहरूले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आज दिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएका ज्ञवालीले जानकारी दिए ।

    ‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो,’ उनले भने, ‘मलाई विश्वास छ । शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ ।’ 

    यस्तै, सत्ता साझेदार दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवामा आशा, विश्वास र भरोसा जगाउने विषय समेट्न सुझाव दिएका छन् । बुधबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकमा सरकारको खर्च गर्ने क्षमता बढाउन, फजुल खर्च घटाउन र सुशासनका लागि आवश्यक काम गर्न सुझाव आएको नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    “विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र एकदमै उच्च प्राथमिकीकरण गरिनुपर्छ । छरिएका आयोजना र भइरहेको अपव्यय रोक्नुपर्छ भन्ने छ,” ज्ञवालीले भने । एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीका अनुसार, युवा पुस्ताकेन्द्रित कार्यक्रम ल्याउन सुझाव आएको छ ।

    “युवा पुस्तामा आशा र विश्वास जगाउन जगाउन उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप र व्यावसायिक प्लान तथा बजार संरक्षणको कम्प्रेहेन्सिब (विस्तृत) कार्यक्रम आओस् भन्ने सुझाव छ,” ज्ञवालीले भने । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार