शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दर्ता भएको १९ महिनापछि भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

दर्ता भएको १९ महिनापछि भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • दर्ता भएको १९ महिनापछि भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

    भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

    संसदमा दर्ता भएको १९ महिनापछि प्रतिनिधिसभाबाट विधेयक बहुमतले पारित भएको हो । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते दर्ता गराएका थिए ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । अर्थ समितिबाट पारित भएर विधेयक २०८१ वैशाख १४ मा सभामा गएको थियो ।

    अर्थमन्त्री पौडेलले विधेयकले कानुनी मान्यता पाएर कार्यान्वयनमा गएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार