शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण

घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण

    आज शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 

    आज आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिईन् । 

    घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
    नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार खेदजनक रहेको र संवैधानिक अधिकारमा आघात पुगेको बताएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

    महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

    Photo.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार