शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारी वकिलको कार्यालयबाटै थुनुवा महिला हतकडीसहित फरार

सरकारी वकिलको कार्यालयबाटै थुनुवा महिला हतकडीसहित फरार

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • सरकारी वकिलको कार्यालयबाटै थुनुवा महिला हतकडीसहित फरार

    जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन्।

    इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

    उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याएको थियो। महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भए पनि २ बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो ।

    दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार