शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

    सरकार र आन्दोलनरत शिक्षकबीच आज शनिबार बिहान निर्णायक वार्ता हुँदैछ । वार्ता ७ः३० बजेदेखि सुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

    शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो । तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए ।

    शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने हिजो कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ । हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको शिक्षक नेताहरुले बताएका छन् ।

    तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ । परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार