शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कक्षा १२ को परीक्षा नसार्न सर्वोच्चको आदेश, शिक्षकलाई काममा फर्काउन सरकारलाई चारबुँदे निर्देशन

कक्षा १२ को परीक्षा नसार्न सर्वोच्चको आदेश, शिक्षकलाई काममा फर्काउन सरकारलाई चारबुँदे निर्देशन

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • कक्षा १२ को परीक्षा नसार्न सर्वोच्चको आदेश, शिक्षकलाई काममा फर्काउन सरकारलाई चारबुँदे निर्देशन

    सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो।

    आदेशमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभए लाखौँँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने, सार्न नलगाउने।'

    शिक्षकको आन्दोलनका कारण वैशाख १२ देखि गर्ने तय भएको कक्षा १२ को परीक्षा वैशाख २१ मा सारिएको छ।  चारबुँदे निर्देशनमा सरकारलाई तीन दिनभित्र भएको प्रगतिको विवरण चौथो दिन सर्वोच्चमा पेस गर्न पनि आदेश जारी भएको छ ।

    यस्तो छ चारबुँदे निर्देशन

    १. आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू, देशभरका बालबालिकालाई नियमत रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न नगराउनू ।

    २. तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू ।

    ३. शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने ।

    ४. उल्लिखित आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेस गर्नू र मुद्दा महाशाखा प्रमुखले उक्त प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २४ (२) (ख) बमोजिम इजलाससमक्ष पेस गर्नू ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार