शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने घटनाः थप एक जना पक्राउ

तीनकुने घटनाः थप एक जना पक्राउ

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • तीनकुने घटनाः थप एक जना पक्राउ

    काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल–३ का ४० वर्षका मनोज भन्ने मिनोज थापा रहेका छन् ।

    उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ । यसअघि पक्राउ परेकाहरुको पनि म्याद तीन दिनपछि सकिने भएकाले म्याद मिलान गरिएको हो ।

    २०८१ चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो । यसअघि आगजनी तथा तोडफोडमा संलग्न ८६ जना पक्राउ परिसकेका छन् ।

    २१ जनालाई बाहिरै राखेर अनुसन्धान अगाडि बढाएको छ । यो मुद्दामा अनुसन्धानको दायरामा १०७ जना ल्याइसकिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार