शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल प्रहरीका पूर्व महानिरीक्षक थापाको निधन

नेपाल प्रहरीका पूर्व महानिरीक्षक थापाको निधन

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • नेपाल प्रहरीका पूर्व महानिरीक्षक थापाको निधन

    नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए ।

    उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो । प्रहरी महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    दिवंगत थापालाई प्रहरी वृत्त गौशालामा श्रद्धाञ्जली दिएपछि आर्यघाटसम्म शवयात्रा गरिँदै छ । बिहान १० बजे श्रद्धाञ्जली दिएपछि शवयात्रा हुने बताइएको छ। श्रद्धाञ्जलीका लागि पौने १० बजेदेखि प्रहरी अधिकृतहरु गौशाला पुग्ने कार्यक्रम छ । महानिरीक्षक दीपक थापा,एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुग्दैछन् ।

    श्रद्धाञ्जली समारोहमा उपस्थित हुन चाहने अन्य प्रहरी अधिकृत तथा कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन भनिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार