शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रेष्टुरेन्टमा खाएपछि डिएसपी हुँ भन्दै पैसा नतिर्ने र काउन्टरमा कार्यरत कर्मचारीलाई धम्की दिने एकजना पक्राउ

रेष्टुरेन्टमा खाएपछि डिएसपी हुँ भन्दै पैसा नतिर्ने र काउन्टरमा कार्यरत कर्मचारीलाई धम्की दिने एकजना पक्राउ

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • रेष्टुरेन्टमा खाएपछि डिएसपी हुँ भन्दै पैसा नतिर्ने र काउन्टरमा कार्यरत कर्मचारीलाई धम्की दिने एकजना पक्राउ

    पोखरा महानगरपालिका-८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा प्रहरीको उच्च पदस्थ अधिकृत हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

    २०८२ साल वैशाख ७ गते राति करिब १० बजे ३२ वर्षीय चन्द्रकान्त पौडेलले खाना खाएपछि आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा नतिरी अभद्र व्यवहार गरेका थिए।

    घटनाबारे प्रहरीलाई खबर भएपछि बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुडुलेफेदी घर भएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलले रेष्टुरेन्टमा अर्डर गरेर खानेकुरा खाएपछि आफू डिएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार