शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरी फरार

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरी फरार

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरी फरार

    काठमाडौंको शंकरापुर–९ मा एक व्यक्तिले बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार भएका छन् । 

    दुई महिनाअघि मात्र बिहे गरेका ५८ वर्षीय पदमबहादुर तामाङ गए राति ४५ वर्षीया श्रीमतीको माइती तामाङको हत्या गरी फरार भएका हुन् । श्रीमतीको हत्या गरी फरार रामेछापको खाँडादेवी–७ का भएको प्रहरीले जनाएको छ । उनीहरु शंकरापुरमा कृषि कार्य गरी जीविकोपार्जन गर्थे ।

    मृतक माइली राति पूर्व पतितर्फका दुई सन्तानसँग सुतेकी थिइन् । राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । 

    एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । पदमबहादुरले पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको प्रहरीको अनुमान छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार