शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपाका महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा

राप्रपाका महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • राप्रपाका महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

    गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राणालाई स्वाथ्य संवेदनशीलताको कारण हाजिर जमानीमा गएराती छाडिएको हो ।

    क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई उनकी श्रीमतीको जिम्मा लगाएर हाजिर जमानीमा छाडेको हो ।

    उक्त घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् । राजावादी समूहले आयोजना गरेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

    सो क्रममा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार