शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

    नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

    संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

    236f24cc-676a-404a-ac7f-a09e5725c324.jpeg

    ओम समाज डेन्टल हस्पिटलको सहकार्य रहेको उक्त एक दिने निःशुल्क दन्त शिविरमा लगभग १ सय २० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।

    उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो । दन्त शिविर कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ. प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार