शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस्ः राप्रपा

अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस्ः राप्रपा

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस्ः राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका नेताहरूको रिहाइको माग गरेको छ ।

    आज आइतबार निषेधित क्षेत्र तोड्ने प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन् । राप्रपाले उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो । ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नु भएका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्,’ राप्रपाले भनेको छ ।

    अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ । आज केही बेरअघि सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई हाल भद्रकालीस्थित परिसरमा राखिएको छ । उक्त घटनाको समयमा सांसद दीपक सिंह पनि त्यहीं उपस्थित थिए । यद्यपि उनी भने फुत्किएर प्रदर्शनस्थल बानेश्वर पुगेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार