शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बैंकहरुको नाफा १‍.४ प्रतिशत मात्र, कसको कति? (सूचीसहित)

बैंकहरुको नाफा १‍.४ प्रतिशत मात्र, कसको कति? (सूचीसहित)

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • बैंकहरुको नाफा १‍.४ प्रतिशत मात्र, कसको कति? (सूचीसहित)

    वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

    २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तीय विवरणानुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो ।

    गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्षको चैतमसान्तसम्म वाणिज्य बैंकको नाफा १३.४७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए ।


    सर्वाधिक नाफा वृद्धि हुनेमा नेपाल बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा २०३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल बैंकले चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकको नाफा सर्वाधिक घटेको थियो । यो बैंकको नाफा ०८०/०८१ को तुलनामा गत वर्षको चैतसम्म ९२.६८ प्रतिशतले घटेको थियो । बैंकले ०८०/०८१ को चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    कसको कति नाफा ?

    bank.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार