शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

    बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ ।  भिटामिन ‘ए’ खुवाउने आज अन्तिम दिन हो । 

    हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो र भोलि भिटामिन ‘ए’ खुवाउँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

    एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई बालभिटा खुवाइनेछ । बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने बताइएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

    सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका निम्ति ०५० सालमा आठ जिल्लाबाट सुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम ०५९ देखि देशभरि लागु गरिएको हो । ०५६ देखि १३ जिल्लाबाट सुरु जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ देखि देशभर लागु गरिएको छ । ०६४ देखि बालभिटा खुवाइने गरेको छ ।

    सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार