शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार, यसअघि पनि अपहरणको प्रयास

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार, यसअघि पनि अपहरणको प्रयास

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार, यसअघि पनि अपहरणको प्रयास

    प्रेम प्रस्ताव अस्वीकार गर्दा बुटवलमा शनिबार बिहान एक युवतीमाथि गोली प्रहार भएको खुलेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई सितारे आलम भन्ने भारतीय युवकले गोली प्रहार गरेका हुन् ।

    उनीहरू केही समय अगाडि मात्रै चिनजान भएको खुलेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई बुद्धनगरमा होटल चलाउँदै आएकी २९ वर्षीया विष्टलाई आलमले आफूसँग बिहे नगरे ज्यानको खतरा रहेको भन्ने धम्की दिने गरेका थिए । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी ईन्द्रबहादुर रानाले पीडित युवतीको भनाइअनुसार प्रेम प्रस्ताव स्वीकार नगर्दा गोली हानेको अनुमान गरिएको बताए ।

    ‘आफूसँग बिहे नगरे जे पनि गर्न सक्छु भनेर भिडियो कल गर्दोरहेछ,’ डीएसपी रानाले सुनाए, ‘भिडियो कलमा पनि डर र धम्की दिँदै आइरहेको रहेछ । त्यसको स्किनसर्ट पीडित युवतीबाट हामीले पाएका छौं । प्रेमकै कारण यो घटना भएको हाम्रो अहिलेसम्मको अनुमान हो ।’ स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन् । केही दिनअघि दुवै जनाबीच भनाभन पनि भएर पछि शान्त भएको थियो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा होटेल सञ्चालन आएकी विष्टको कम्मरमाथि गोली लागेको छ ।

    आलमले यसअघि पनि टीकालाई अपहरण गर्न खोजेको खुलेको उनले बताए । ‘यसअघि पनि युवतीलाई अपहरण गर्न कोशिश गरिरहेको रहेछ । पीडित युवतीले त्यो युवकको नाम सितारे आलम भएको बताएकी छन्,’ डीएसपी रानाले थपे । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले युवती र गोली हान्ने युवकबीच पहिलेदेखि नै भेटघाट हुने गरेको स्थानीयले बताएका जानकारी दिए । ‘हामी युवकलाई खोजिरहेका छौं,’ डीएसपी कार्कीले भने, ‘नजिकैको होटलमा एउटा रेडबुल खाएर गएको रहेछ । उनीहरू भेटघाट भएको केही मिनेटमै गोली हानेर फरार भएको छ ।’ गोली हान्ने युवक भारतीय भएको अनुमान भए पनि ठेगाना खुलिनसकेको प्रहरीको भनाइ छ ।

    गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको छ । साथै उनको अप्रेशन गर्ने तयारी भइरहेको छ । ‘युवतीको अवस्था खतरामुक्त छ, उनले कारण खुलाउँछिन् भन्ने हामीले आशा गरेका छौं,’ कार्कीले थपे । गम्भीर घाइते टीकालाई थप उपचारका लागि बुटवलबाट रिफर गरिएको छ । बिहान गोली प्रहारपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

    उनको कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि बुटवलबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएकोमा त्यहाँ पनि नसकेपछि अहिले चितवन पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले नेपाल प्रेसलाई बताए । ‘बिहानै घटनापछि तत्काल बुटवलको लुम्बिनी अस्पतालमा लगिएको थियो तर केही समयपछि त्यहाँ कम्मरमा लागेको गोली निकाल्न समस्या हुने ठानेर मेडिकल कलेजमा रिफर भएको हो, अहिले त्यहाँ पनि नहुने भनिएपछि चितवन लैजाने तयारीमा छ, घाइतेसँग धेरै बोल्ने कुरा भएन, घटनाको अनुसन्धान जारी रहेको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार