शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जुटे ओली, देउवा र प्रचण्ड

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जुटे ओली, देउवा र प्रचण्ड

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जुटे ओली, देउवा र प्रचण्ड

     प्रमुख तीन दलका नेता छलफलमा जुटेका छन् । आज शनिबार अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूले छलफल गरेका हुन् ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

    संक्रमणकालीन न्यायका विषयमा उनीहरू छलफलमा जुटेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

    छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् । यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो ।

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफरिस समिति गठन पनि गरिएको थियो । समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार