शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीद्वारा राजीनामा

जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीद्वारा राजीनामा

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीद्वारा राजीनामा

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सञ्चालित जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले राजीनामा दिएका छन् ।

    चौधरी लुम्बिनी प्रदेश जग्गा एकीकरण नियमावली, २०७९ को नियम १७ बमोजिम प्राधिकरणको निर्णय अनुसार १ असोज २०७९ मा नियुक्त भएका थिए । चार वर्षका लागि नियुक्त भएका चौधरीले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् ।

    सरकारले काम गर्ने वातावरण खोसेर निरन्तर अपमान गरेकाले राजीनामा दिएको चौधरीको भनाइ छ । प्रदेश सरकारले ८ महिनाअघि नै चौधरीलाई हटाएर सुनिलकुमार बस्नेतलाई अध्यक्षमा नियुक्त गरेपछि चौधरी अदालत गएका थिए । 

    अदालतले उनको पक्षमा फैसला गरेको थियो ।अदालतको फैसलापछि केही महिना सरकारको व्यवहार हेरेको तर कुर्सी पनि नदिने, नेम प्लेट पनि हटाइदिएर अपमानजक व्यवहार गरेको र राजनीनामा गर्न धम्की दिएको चौधरीले बताए । चौधरी माओवादी केन्द्रनिकट हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार