शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वीरगञ्जमा लम्बियो कर्फ्यू

वीरगञ्जमा लम्बियो कर्फ्यू

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • वीरगञ्जमा लम्बियो कर्फ्यू

    पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश लम्बिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सूचना जारी गर्दै कर्फ्यू आदेश आतबार राति १२ बजेसम्मका लागि लम्बिएको जनाएका हुन् ।

    हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुई पक्षबीच झडप भएको थियो । शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्दै त्यहाँ तनावको स्थिति बनेको हो ।

    झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए । सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

    कर्फ्यू आदेश जारी रहेको अवधिभर कुनै पनि प्रहारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, लगायत गर्न नपाउने आदेशमा उल्लेख छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यू आदेश जारी भएको हो ।

    k(18).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार