शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वीरगञ्जमा कर्फ्यू

वीरगञ्जमा कर्फ्यू

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • वीरगञ्जमा कर्फ्यू

    वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यू लगाएको छ ।दुई समुदायबीच हिंसा भड्किने सक्ने अवस्था देखिएपछि आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको हो।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर सोभित्र कफ्र्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

    तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।

    प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन् । झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन् । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    k(17).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार