नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीलाईदर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्