शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नागरिक स्टक डिलर कम्पनीद्वारा वित्तिय सचेतना कार्यक्रम संचालन, त्रिविमा एमबिए अध्ययनरत विद्यार्थीहरुको सहभागीता

नागरिक स्टक डिलर कम्पनीद्वारा वित्तिय सचेतना कार्यक्रम संचालन, त्रिविमा एमबिए अध्ययनरत विद्यार्थीहरुको सहभागीता

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • नागरिक स्टक डिलर कम्पनीद्वारा वित्तिय सचेतना कार्यक्रम संचालन, त्रिविमा एमबिए अध्ययनरत विद्यार्थीहरुको सहभागीता

    नागरिक स्टक डिलर कम्पनीले आज त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा एमबिए अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा वित्तिय साक्षरता तथा पुँजीबजार सचेतना कार्यक्रम संचालन गरेको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका एमबिए कार्यक्रमका निर्देशक प्रा. डा. पुष्पराज शर्माज्यूको प्रमुख आतिथ्यतामा ८० भन्दा बढी विद्यार्थीहरु सहभागी गराई कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा नागरिक स्टक डिलरका प्रशासन अधिकृत महेन्द्र नारायण जोशी र वरिष्ठ सहायक राजेश कुमार शाहबाट कार्यपत्र प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा पहिलो कार्यपत्र प्रस्तुतिकरणमा गर्ने क्रममा प्रस्तुतिकर्ता जोशीले वित्तिय साक्षरता र यस्को महत्व माथी प्रकाश पार्दै यूवा विद्यार्थीहरुलाई बचतमा जोड दिई लगानीका विविध क्षेत्रहरुमा लगानी गर्न सकिने अवगत गराएका थिए ।

    489899289_687437447600673_2018154621953616966_n.jpg

    नेपालको समग्र वित्तिय प्रणालीको अवगत गराउनुका साथै वित्तिय प्रणाली अन्तर्गत रहेको पुँजीबजार र पुँजीबजार संग सम्वद्ध पक्षहरुको चर्चा गर्दै कार्य र भुमिका समेत अवगत गराएका थिए । शेयर बजार लगानीको महत्वपुर्ण क्षेत्र भएतापनि जोखिम सदैव रहने हुनाले आधारभुत पक्ष तथा प्राविधिक पक्षहरुको विश्लेषण गरी धैयता पुर्वक लगानी गरेमा उच्चतम लाभ प्राप्त हुनसक्ने जानकारी गराएका थिए ।

    490298672_687438460933905_5035073047886086761_n.jpg

    त्यसै गरी दोस्रो कार्यपत्र प्रस्तुतिकरण गदै वरिष्ठ सहायक राजेश कुमार शाहले पुँजीबजारमा लगानी गर्नुपुर्व अरुको लहलहै र हल्लाको पछाडि नलागी कम्पनीहरुको आधारभुत पक्ष र प्राविधिक पक्षहरुको सुश्म विश्लेषण गरी लगानी गर्न सकेमा जोखिम कम गरी लाभ प्राप्त गर्न सकिने चर्चा गर्दै आधारभुत पक्ष र प्राविधिक पक्षहरुका विविध इन्डिकेटरहरुको चर्चा गरेका थिए।

    490806054_687437634267321_8214197876410006910_n.jpg

    कार्यक्रममा प्रमुख अतिथि एमबिए कार्यक्रमका निर्देशक प्रा. डा. पुष्पराज शर्माले वित्तिय साक्षरता अत्यन्त महत्वपुर्ण विषय रहेको र पुँजीबजार सम्वन्धी सचेतनाको महत्वपुर्ण प्रस्तुतिकरणबाट विद्यार्थीहरुले लाभ लिएको महसुस गर्दै प्रस्तुतिकरण गर्नुहुने विज्ञहरु र संस्था प्रति आभार व्यक्त गरे । उक्त कार्यक्रमको सहजीकरण विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुको CDM Events Clubले गरेका थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार