शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ट्रकले साइकललाई ठक्कर दिंदा दिदीको मृत्यु, बहिनी घाइते

ट्रकले साइकललाई ठक्कर दिंदा दिदीको मृत्यु, बहिनी घाइते

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • ट्रकले साइकललाई ठक्कर दिंदा दिदीको मृत्यु, बहिनी घाइते

    सर्लाहीको हरिपूर्वामा आज (शुक्रबार) ट्रकलेसाइकललाई ठक्कर दिंदा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन्।

    बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका –९ मिर्चैया बजारमा ना ५ ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका– १३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

    साइकलमा पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका– १० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक प्रहरी नियन्त्रणमा छ ।

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार