शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

    प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीले उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयले विहीबार राजीनामा स्वीकृत भएको जनाएको छ । मेरिटको आधारमा उपकुलपति नियुक्त बरालले स्वास्थ्यको कारण देखाउदै राजीनामा पत्र प्रधानमन्त्रीको सचिवालयमा बुझाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा ओलीले बिहीबार स्वीकृत गरेका हुन् ।

    बरालले चैत १५ गते उपकुलपति प्राडा बरालले पदबाट राजीनामा दिएका थिए । उनले सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाएका थिए । ओली प्रधानमन्त्री भएयता उनीसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । गत मंसिर २७ गते प्रधानमन्त्री ओलीले सिनेट बैठकमै ‘त्रिविको स्वायत्तता व्यक्तिगत होइन, मेरिटोक्रेसीका नाममा नाटक चल्दैन’ भनी टिप्पणी गरेका थिए । त्यतिखेर डिन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा विवाद चलिरहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार