शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

    चोङकिङ चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ शहर पुगेको छ ।

    माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनिया कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे ।

    प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग, स्कुल विभाग, मजदुर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी) लगायत विभागका सदस्य सहभागी छन् ।

    चोङकिङ चीनको महत्त्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार शहरमध्ये एक हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार