शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा सांसद गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

रास्वपा सांसद गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • रास्वपा सांसद गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ ९आईपीयू० को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन्।

    आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो। सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ । महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो। सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन्।

    त्यस्तै, अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी, मुएका मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस। एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि, रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्ताकी सिनेट सदस्य ओ अतानियाजोवा, जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार