शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षक आन्दोलनले तीनकुने–माइतीघर सडकमा यातायात ठप्प

शिक्षक आन्दोलनले तीनकुने–माइतीघर सडकमा यातायात ठप्प

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • शिक्षक आन्दोलनले तीनकुने–माइतीघर सडकमा यातायात ठप्प

    काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ। आज बुधबार शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक पुरै ढाकेर प्रदर्शन गर्दा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको हो।

    अहिले प्रहरीले सवारी साधनहरूलाई विभिन्न ठाउँबाट डाइभर्ट गरिरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार कोटेश्वरबाट आएका सवारी साधनहरूलाई तीनकुनेबाटै डाइर्भट गरिएको छ । त्यस्तै भद्रकाली हुँदै गइरहेका सवारी साधनलाई माइतीघरबाटै डाइर्भट गरिएको छ। त्रिपुरेश्वरबाट गइरहेको सवारी साधनलाई थापाथलीबाटै डाइर्भट गरिएको छ।

    गिरीले भने, ‘कोटेश्वरबाट आएका सवारीलाई सिनामंगल हुँदै रातोपुलबाट पठाएका छौं । त्यसपछि नयाँ बानेश्वरबाट थापागाउँ हुँदै पठाएका छौं । यता रत्नपार्कबाट गएका सवारीलाई बागबजार हुँदै पठाएका छौं । त्रिपुरेश्वरबाट आएका सवारीलाई थापाथली हुँदै पठाएका छौं ।’

    प्रदर्शनले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको उनले बताएका छन् । मुख्य सडक बन्द हुँदा अहिले भित्री सडकमा सवारीको चाप बढेको उनको भनाइ छ। अत्यावश्यक बाहेक उक्त क्षेत्रमा यातायात सञ्चालन नगर्न आग्रह गर्दै गिरीले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन्। उनीहरू ८ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन्।

    सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरू आन्दोलनरत छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरेपनि महासंघले वार्ता अस्वीकार गरेको छ । आफूहरु अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ।

    महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। तीनमध्ये एक शर्त पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ। शिक्षकहरूले आफ्नो माग नभई समग्र शिक्षामा परिवर्तनको लागि आन्दोलन गरिरहेको बताएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार