काठमाडौंको तीनकुनेमा चैत १५ गते राजवादीले गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरको हो । पत्रकार सुरेश रजक जलेको घरको भिडियोमा उनी देखिएकी थिइन् । उक्त घरमा आगजनी भएपछि मोडल तथा अभिनेत्री समेत रहेकी कुँवरले फेसबूकमा लाइभ गरेर ‘बचाउन आउनु होला’ भनेर आग्रह गरेकी थिइन् ।
रजकले भिडियो खिचिरहेको बेला कुँवर ताला लगाएको रेलिङ बाहिर भिडियोमा देखिएकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा कुँवरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।
एसपी जिसीका अनुसार कुँवरमाथि अनुसन्धान भइरहेको छ ।