शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षकको आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

शिक्षकको आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • शिक्षकको आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

    आन्दोलनमा रहेका शिक्षकहरुले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरुले नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर आन्दोलनमा होमिएपछि एसईईको रिजल्ट अनिश्चित भएको हो ।

    यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । तर, शिक्षकहरुले माग पुरा नभएसम्म एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेका छन् । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने ।

    विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण नगर्न, गोष्ठी तथा तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघले जनाएको छ ।

    यो आन्दोलनलाइ थप सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । आन्दोलनका कारण भर्ना अभियान समेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार