शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हरि ढकालले चितवनमा सुनाए रविको ‘अन्तिम इच्छा’

हरि ढकालले चितवनमा सुनाए रविको ‘अन्तिम इच्छा’

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • हरि ढकालले चितवनमा सुनाए रविको ‘अन्तिम इच्छा’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् । आज शनिबार चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।

    ‘यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ’ उनले भने।ढकालले लामिछानेको मुटुमा रगत नभइ तेजाब रहेको र त्यसले भ्रष्टहरूलाई जलाउने टिप्पणी गरे।

    ‘भ्रष्टहरू, आज एक जना व्यक्तिका पछाडि लागेका छौं नि । त्यो व्यक्ति निडर छ, त्यो व्यक्तिको मुटुमा रगत होइन, तेजाब छ, त्यसले तिमीहरूलाई जलाउँछ,’ उनले भने ।

    यसअघि हिजो शुक्रबार पक्राउ गर्न लामिछानेको निवास हात्तीगौँडा पुगेका डीएसपी दीपक खड्काले ‘अन्तिम इच्छा’ सोधेका थिए । त्यसको जवाफमा ढकालले यस्तो बताएका हुन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार