शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नवराज सुवेदीलाई बिना पुर्जी प्रहरी निगरानीमा घरमै राखिएको पाइयोः आयोग

नवराज सुवेदीलाई बिना पुर्जी प्रहरी निगरानीमा घरमै राखिएको पाइयोः आयोग

तीनकुने घटनाबारे राप्रपाले गरायो आयोगको ध्यानाकर्षण

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • नवराज सुवेदीलाई बिना पुर्जी प्रहरी निगरानीमा घरमै राखिएको पाइयोः आयोग

    राष्ट्रिय मानवअधिकार आयोगले राजसंस्था पुनःस्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई बिना पुर्जी घरमै प्रहरी निगरानीमा राखिएको जनाएको छ । आज (शुक्रबार) नै आयोगका सदस्य मनोज दुवाडीसहितको टोलीले सुवेदीलाई भेटेको थियो ।

    आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजै आयोगका माननीय सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ । निजलाई बिना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ । त्यस्तै आयोगले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरुको उपचारको अवस्था पनि बुझेको छ । आयोगले चैत १५ गते तीनकुने घटनाबारे छानबिन गर्नका लागि सघाउन पनि आग्रह गरेको छ।

    आयोगले भनेको छ, ‘घटनाको गाम्भीर्यता र उजुरीहरु समेतलाई मध्येनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन अनुसन्धान गरिरहेको छ । छानबिन÷अनुसन्धान जारी छ । छानबिन÷अनुसन्धानका क्रममा आयोगले आवश्यकताअनुसार विशेषज्ञहरुको समेत सहयोग लिनेछ ।’

    तीनकुने घटनाबारे राप्रपाले गरायो आयोगको ध्यानाकर्षण
    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत १५ गते भएको तीनकुने घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । राप्रपाले सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुठा मुद्दामा पार्टीका नेताहरू पक्राउ परेको भन्दै राप्रपाले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

    राप्रपाको प्रतिनिधिमण्डल आज आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको हो । छलफलपछि आयोगका अधिकारीले राप्रपाले उठाएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको बताएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

    आयोगमा राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्य सचिव केदारबहादुर अधिकारी, केन्द्रीय नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्बु ओली, उद्धवराज भेटवाल, सजिना कार्की, रविकिरण हमाल लगायत सहभागी थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार