शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनमतले पार्टी उपाध्यक्ष साहलाई किन गर्‍यो निलम्बन?

जनमतले पार्टी उपाध्यक्ष साहलाई किन गर्‍यो निलम्बन?

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • जनमतले पार्टी उपाध्यक्ष साहलाई किन गर्‍यो निलम्बन?

    चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले पार्टी उपाध्यक्षलाई कारबाही गरेको छ । पार्टी अनुशासन समितिमा संयोजक समेत रहेका उपाध्यक्ष दीपककुमार साह ६ महिनाका लागि निलम्बन भएका हुन् ।

    अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका छन् । पार्टी नीति विपरीत गएको भन्दै साहलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको तर स्पष्टीकरणको जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीकै नीतिविरुद्ध लेखेको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ।


    ‘स्पष्टीकरण सोधिएपछि त्यसको जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अरु कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन । तर, अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर धम्काउनु भयो,’ कारबाहीको पत्रमा लेखिएको छ, ‘स्पष्टीकरण सोधेपछि प्रत्यारोप लगाउने होइन, जवाफ दिने हो । पारिवारिक विषय उठाएर कार्यकर्ता र विभिन्न ठाउँका अध्यक्षज्यूहरुलाई हटाउन लबि गर्नु अक्षम्य अपराध हो ।’

    साहलाई कारबाही गर्नुको कारणमा अध्यक्ष राउतको पारिवारिक मामिलाम दखल पुर्‍याएको उल्लेख गरिएको छ। ‘पारिवारिक विषय उठाएर कार्यकर्ता र विभिन्न ठाउँका अध्यक्ष ज्यूहरुलाई हटाउन लबि गर्नु अक्षम्य अपराध हो,’ साहलाई कारबाही गरेको पत्रमा लेखिएको छ ।

    हेर्नुस् कारबाही पत्र

    j(3).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार