शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि र छविको मुद्दामा सकियो बहस, आजै आदेश

रवि र छविको मुद्दामा सकियो बहस, आजै आदेश

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • रवि र छविको मुद्दामा सकियो बहस, आजै आदेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा शुक्रबार बहस सकिएको छ ।

    बिहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बहस सकिएको र शुक्रबारै आदेश आउने बताए । बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूविरुद्धको मुद्दा उच्च अदालतमा छ ।

    यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई एक करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सोही मुद्दामा अर्का न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालक समेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो । रवि भने आफूसँग एक करोड धरौटी लिने जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत गुहार्न पुगेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार