शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी कम्पनीमा २८ करोड रुपैयाँ बढीको क्षति

राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी कम्पनीमा २८ करोड रुपैयाँ बढीको क्षति

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी कम्पनीमा २८ करोड रुपैयाँ बढीको क्षति

     गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा २८ करोड रुपैयाँ बढीको क्षति भएको छ ।

    चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन र ल्याब पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिएकी छन् ।

    आगजनी र तोडफोडका कारण केही दिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उनले उल्लेख गरिन् ।आगजनीका कारण कम्पनी जलेर खरानी भएको भन्दै सरकारलगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ ।

    आगजनी र तोडफोडका कारण शाखा विस्तारको काम केही समयलाई रोकिने महाप्रवन्धक यादवले बताइन् । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारीसमेत गरेको छ। 

    २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा विस्तारमा समेत केन्द्रित थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार