शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भूकम्पपीडितका लागि राहत लिएर म्यानमार उड्यो २२ जना नेपाली सेनाको टोली

भूकम्पपीडितका लागि राहत लिएर म्यानमार उड्यो २२ जना नेपाली सेनाको टोली

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • भूकम्पपीडितका लागि राहत लिएर म्यानमार उड्यो २२ जना नेपाली सेनाको टोली

    नेपाली सेनाको एक टोली भूकम्पपीडितका लागि राहत लिएर म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पपछि सरकारले मेडिकल राहतसहित आज सेनाको टोली म्यानमार पठाएको हो ।

    प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन–२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ ।

    nepal-army-relife-for-myanmar-earthquake-victim.jpg

    विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्ने सेनाले जनाएको छ ।

    सरकारले नेपाल वायु सेना निगमको जहाजमार्फत पनि राहत तथा मेडिकल सामाग्री म्यानमार पठाउने तयारी गरेको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार