शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा

    भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । 

    नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो।

    भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । 

    राजदूत शर्मा र मुख्यमन्त्री योगी आदित्यनाथबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बुझिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार