शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौं उपत्यका विश्वकैं प्रदूषित सहर

काठमाडौं उपत्यका विश्वकैं प्रदूषित सहर

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • काठमाडौं उपत्यका विश्वकैं प्रदूषित सहर

    काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा आज विश्वमै पहिलो प्रदूषित सहर बनेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखाएको हो ।

    इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २५० छ । लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र धुँवाका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको हो ।

    त्यस्तै भारतको राजधानी दिल्लीको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा छ । दिल्लीको एक्यूआई आज १७८ छ । त्यसैगरि तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । त्यहाँको वायुको एक्यूआई १६९ छ ।

    दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार