शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड जाँदैछन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज बैंककतर्फ प्रस्थान गर्ने भएका हुन् ।

    थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १: ३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ ।

    यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावात्रासँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । त्यसपछि थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

    थाइल्याण्डमा रहँदा ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् । ओलीले चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ ।

    सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन् । त्यसपछि उनी सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री नेतृत्वको २१ सदस्यीय भ्रमण टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार