शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि हानियो मोसो

त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि हानियो मोसो

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि हानियो मोसो

    काठमाडौंको त्रिचन्द्र क्याम्पसमा बनेको निर्वाचन समितिका निर्वाचन अधिकृत अंगदमणि गौतममाथि विद्यार्थी नेताहरुले मोसो दलेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन नसकेको भन्दै निर्वाचन अधिकृतमाथि विद्यार्थी नेताहरुले मोसो प्रहार गरेका हुन् ।

    गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् । निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।

    तीन पटकसम्म चुनावको मिति तोकिए पनि त्रिचन्द्रमा विवादका कारण चुनाव हुन सकेको छैन । अब मंगलबारको लागि चुनावको मिति तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् ।

    घटनापछि निर्वाचन अधिकृत गौतमले जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले आफूमाथि अपशव्द प्रयोग गर्दै मसी प्रहार गरेको बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार