शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

    चितवनमा रहेका दुई वटा सुधार गृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।

    चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा सञ्चालनमा रहेको मिरा सुधारगृह र सिसाको सुधार गृहलाई बन्द गर्न निर्देशन दिइएको हो । ती गृहले गृहमन्त्रालयसँगको आबद्धता लिएपछि पुनः सञ्चालन गर्न पाउने उनले बताए । उनका अनुसार कार्यालयले जिल्लाका सुधारगृह, पुनःस्थापना केन्द्र र रिकोभरी सेन्टर गरी ११ वटामा अनुगमन समेत गरेको छ ।

    सो क्रममा अधिकांश यस्ता संस्थाले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको उनले बताए । गृह मन्त्रालयबाट आबद्धता लिएर सञ्चालनमा आएका १५ वटा संस्था जिल्लामा भए पनि पछिल्लो समय योभन्दा बढी भएको पाइएको उनले बताए । उनका अनुसार सानो कोठामा धेरै व्यक्ति राखेको, मनोपरामर्श चिकित्सकको सुविधा नभएको, लागुऔषध प्रयोगकर्तालाई परामर्श गर्नुपर्नेमा नगरेको पाइएको छ ।

    लागुऔषध प्रयोगकर्ता एक किसिमका बिरामी नै भएकाले राखिएको व्यक्ति सुध्रिएर आउने वातावरणसमेत यस्ता केन्द्रहरुमा नरहेको गौतमको भनाइ छ । उनले भने, ‘अनुगमन गरिएका सुधार केन्द्रमा राखिएका व्यक्तिहरुलाई मानवीय व्यवहारसमेत नभएको पाएका छौँ ।’ केन्द्रहरुको भौतिक पूर्वाधार मापदण्डअनुसार नभएको, बिरामीले खाने खानाको साप्ताहिक तालिका नबनाइएको, सेवा बडापत्र नराखिएको जस्ता समस्या देखिएकाले सुधारका लागि एक साताको समय दिइएको उनले जानकारी दिए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार अनुमति नलिइ सञ्चालनमा आएका र मापदण्डअनुसार नभएका यस्ता केन्द्रहरुलाई बन्द गरिनेछ । पहिलो चरणमा गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका र अनुमति नलिएकालाई बन्द गरिएको हो । उनले भने, ‘राज्यसँग यो सुविधा दिन्छु भन्ने तर सेवा दिँदा सर्त पूरा नगरेका सबै बन्द गरेर मापदण्ड पूरा गर्न लगाउँछौँ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार