शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

    नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सुरेश रजकको हत्या भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । आज (आइतबार) पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो ।

    विज्ञप्तिमा लेखिएको छ ‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन्, एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरिएको छ, सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छन्, हाम्रो पार्टी पत्रकार रजकका हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गर्दछ ।’

    त्यस्तै पार्टीले निजी घर, पसल र गाडीहरूमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र आपराधिक दृश्य सभ्य समाजका लागि स्वीकार्य नहुने जनाएको छ। ‘त्यसै गरी अत्यावश्यक औषधि उत्पादन गर्ने जडीबुटी कारखानामा आगजनी गरेर करोडौँको क्षति पुर्‍याइएको छ, हजारौँ लिटर फ्युल रहेको सिनामंगल स्थित आयल निगमको हवाई डिपोमा आगजनी गर्ने दुष्प्रयत्न गरिएको छ, भाटभटेनी सुपर स्टोरमा प्रवेश गरी लुटपाट र तोडफोड गरेर करोडौँको क्षति गरिएको छ, व्यक्तिका निजी घर र पसलहरूमा आगजनी गरिएको छ, सरकारी र निजी सवारी साधनहरू जलाउने काम भएको छ । राजनीतिक दलका नेताहरूको घरमा ढुङ्गा मुढा गर्ने काम गरिएको छ । यस्तो अराजक र आपराधिक दृश्य सभ्य समाजका लागि स्वीकार्य हुँदैनन्’, विज्ञप्तिमा लेखिएको छ ।

    यस्तो हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न अपराधहरूलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न र सार्वजनिक, निजी, व्यावसायिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग पार्टीले माग गरेको छ । यस्तै पार्टीले सोही दिन भएको समाजवादी मोर्चाको जनसभा भव्यता, शालीनता, शान्तिपूर्ण र उत्साहजनक रूपमा सफल भएको पनि जानकारी गराएको छ । यसैबीच नेकपा एसले हिजो शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठक निर्णय र प्रस्तावहरू पनि सार्वजनिक गरेको छ ।

    बैठकमा निर्णय र पारित भएका प्रस्तावहरू

    १) राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्र्सना गर्दै यस्ता क्रियाकलापको देशव्यापी रूपमा भण्डाफोर गर्ने ।

    २) हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को काठमाडौं आलोकनगर स्थित केन्द्रीय कार्यालय र काठमाडौ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुढा, तोडफोड र आगजनी विरुद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने ।

    ३) तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही माग गर्ने ।

    ४) राजकतावादीहरूको प्रदर्शनमा उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी हो । सरकारको यो कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने ।

    ५) राजावादी आततायीहरूद्वारा हत्या गरिएका एभीन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलगायत मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार