शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्वदलीय बैठकमा राजावादी दलहरुलाई बोलाइएन

सर्वदलीय बैठकमा राजावादी दलहरुलाई बोलाइएन

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • सर्वदलीय बैठकमा राजावादी दलहरुलाई बोलाइएन

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक आह्वान गरेका हुन् ।

    बैठक आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । गत शुक्रबार भएको राजावादीको हिंसात्मक आन्दोलनपछि एकाएक सचेत बनेका गणतन्त्रवादी दलहरुलाई समेटेर प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

    उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने बोलाइएको छैन । गत शुक्रबारे हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । जसमा पत्रकार समेतको ज्यान गएको छ । थुप्रै घाइते भएका छन्। उक्त घटनामा संलग्न भएको आरोपमा राप्रपामा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा, अधिवक्ता स्वागत नेपाललगायत १११ जना पक्राउ परेका छन् ।

    आन्दोलनका मुख्य नाइके विवादित मेडिकल व्यवसायी एवं फौजदारी अभियोगी दुर्गा प्रसाईं भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार