शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने तयारी

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने तयारी

    सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जानकारी दियो ।

    ‘शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा हुन् भन्ने निष्कर्ष निस्किएको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यसैले हिंसा मच्चाउने मुख्य योजनाकार रहेको र टिम परिचालन गरेको आधारमा उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।’

    सुरक्षा संयन्त्रले हिंसा मच्चाउन शाहले नै भूमिका खेलेको निष्कर्ष निकालेको छ । शाहलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको सरकारको बुझाइ छ । ‘उनी नै मुख्य नाइके रहेकोमा कुनै दुईमत रहेन । सञ्चारमाध्यमदेखि पब्लिक तहसम्ममा ज्ञानेन्द्रलाई निगरानी गर्न, जवाफदेही बनाउन दबाब परेको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यस्तै दबाब बढ्दै गए ज्ञानेन्द्र शाह पक्राउ पर्न पनि सक्छन् ।’

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार