शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन कुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तीनकुने क्षेत्रमा लागू भएको कर्फ्यु शनिबार ९आज० बिहान ७ बजेसम्म तोकिएको थियो ।

    शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कफ्र्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।

    अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नु पर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए । करिब १५ घण्टापछि तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको हो । राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

    राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो । सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

    k(14).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार