शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कोटेश्वरको भाटभटेनीमा लुटपाट, बोलाउँदा पनि प्रहरी नआएको गुनासो

कोटेश्वरको भाटभटेनीमा लुटपाट, बोलाउँदा पनि प्रहरी नआएको गुनासो

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • कोटेश्वरको भाटभटेनीमा लुटपाट, बोलाउँदा पनि प्रहरी नआएको गुनासो

    प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् । सुरक्षा गार्डलाई हातपात गर्दै प्रदर्शनकारीहरुले भाटभटेनी सुपरस्टोर भित्र पसेर लुटपाट मच्चाएका हुन् । लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरिएको थियो ।

     सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ स्रोतले भन्यो ।

    सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएका छन् । सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनी समेत गरेको छ ।

    आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।

    यस्तै व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार