शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

समाजवादी मोर्चाको प्रदर्शनमा किन सहभागी भएनन् झलनाथ खनाल?

समाजवादी मोर्चाको प्रदर्शनमा किन सहभागी भएनन् झलनाथ खनाल?

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • समाजवादी मोर्चाको प्रदर्शनमा किन सहभागी भएनन् झलनाथ खनाल?

    समाजवादी मोर्चाले आज (शुक्रबार) काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ । तर, खनाल त्यहाँ उपस्थित नहुने भएका हुन् ।

    त्यसअघि मोर्चा घटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन् । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ । एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कनेछ । उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्री समेत रहेका खनाल नजाने बताएका छन् ।

    आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नठानेको उनले बताएका छन् । यद्यपि कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको उनले बताए ।

    आजको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बोल्ने कार्यसूची छ । ‘प्रतिगनमन र यथास्थितिवादीविरूद्ध भएको प्रदर्शनमा मेरो समर्थन छ । तर म जुलुस र सभामा उपस्थित हुन सक्दिनँ,’ उनले भने, ‘सभामा चार वटा पार्टीको अध्यक्षहरू मात्रै बोल्ने कार्यसूची रहेछ । दर्शक मात्रै बन्न म जाँदिन ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार