शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बसको ठक्करबाट म्याजिक चालकको मृत्युः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बसको ठक्करबाट म्याजिक चालकको मृत्युः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • बसको ठक्करबाट म्याजिक चालकको मृत्युः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा प्रदर्शन गरेका छन् । मनहरी गाउँपालिका–६ लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेका छन् ।

    आन्दोलनकारीले सडकमा अवरोध सिर्जना गरी घटनाको छानबिन गर्नुपर्ने र क्षतिपूर्तिको विषय तत्काल टुंगो लगाउनुपर्ने माग राखेका छन् । प्रहरी र प्रशासनले सडक खुलाउन प्रयास गरिरहेका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका–४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । बस र भ्यानको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। भ्यानमा चालक कोइराला मात्र थिए ।

    दुवै सवारी साधन तीव्र गतिमा आएका थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार