शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बसले ठक्कर दिंदा भ्यान चालकको मृत्यु

बसले ठक्कर दिंदा भ्यान चालकको मृत्यु

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • बसले ठक्कर दिंदा भ्यान चालकको मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएको छ ।

    चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्वरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किँएका थिए ।

    दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका–४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । बस र म्याजिकको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । 

    भ्यानमा चालक कोइरालामात्र थिए । दुवै सवारी साधन तीव्रगतिमा आएका थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार