शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जिप्रकामै लडेर सेवाग्राहीको मृत्यु

जिप्रकामै लडेर सेवाग्राहीको मृत्यु

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • जिप्रकामै लडेर सेवाग्राहीको मृत्यु

    राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका एक सेवाग्राहीको कार्यालयमै लडेर मृत्यु भएको छ ।

    राष्ट्रिय परिचय पत्र बनाउन आएका बागचौर नगरपालिका–७ पैय्याचौर घर भई हाल टाटकेमा बस्दै आएका ७० वर्षीय टीकाराम ओलीको लडेर मृत्यु भएको हो । उनी कार्यालय परिसर भित्रै उभिएका बेला लडेका थिए ।

    ओली आफ्नो भान्जी ज्वाइँसँग राष्ट्रिय परिचय पत्र बनाउन बिहीबार घरबाट जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका थिए । लडेर बेहोस भएका ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

    उनका अनुसार लडेर बेहोस भएका ओलीको टाउकोमा चोट लागेको थियो । ओलीको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले एकासी ढलेर बेहोस भएका वृद्धको हृदयाघात भएर नै मृत्यु भएको हुन सक्ने बताए । वृद्धको टाउकोमा चोट लागेको उनले जानकारी गराए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार