शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

    धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् । शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सफाइ व्यवस्थापनको माग गर्दै नगर प्रमुख कारीराम यादवलाई पटक–पटक प्रस्ताव पेश गरे पनि बेवास्ता गरिएको आरोप लगाए । पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा छलफल नहुनु आफूप्रति अन्याय गर्न खोजीएको उनले बताए ।

    वडाध्यक्ष यादवका अनुसार विद्यार्थी संख्याको अनुपातमा ७० भन्दा बढी शिक्षकको अभाव छ, जसले शैक्षिक गुणस्तरमा असर पारेको छ। साथै, वडा कार्यालयमा कम्प्युटर अपरेटर नहुँदा स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ । उनले शिक्षक पूर्ति, सामाजिक सुरक्षाभत्ता प्रत्येक वडामा गई वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र गाउँमै बनाएर वितरण गर्ने व्यवस्था गर्नुपर्ने, र प्रत्येक वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

    सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले वडाध्यक्ष यादवको माग चाँडै सम्बोधन नभए आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिएका छन् । यता, नगर प्रमुख कारीराम यादवले केही जायज मागहरू कार्यान्वयनमा रहेको बताए । उनले सामाजिक सुरक्षाभत्ता र राष्ट्रिय परिचयपत्र गाउँ–गाउँमै गएर वितरण गर्नुपर्ने माग सुरक्षा तथा प्राविधिक दृष्टिले व्यवहारिक नभएको प्रतिकृया दिएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार